काठमाडौँ :देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या ४१ हजार ७५५ रहेको जानकारी दिए । योसंगै जम्मा संक्रमित १ लाख ३९ हजार १२९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार १०८ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको कुल सङ्ख्या ९६ हजार ६०९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमूना परीक्षण गरिएकोमा हालसम्म १३ लाख १४ हजार ७७९ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार २२० छ ।