जसपा संघीय परिषद्को अध्यक्षमा डा. भट्टराई

हिमशिखर संवाददाता ५ कार्तिक २०७७, बुधबार ०९:२४

काठमाडौं :जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले वरिष्ठ नेता भट्टराईलाई परिषद्को अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । भट्टराई नेतृत्वको परिषद्प्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने गरी विधान पनि पारित भएको छ ।

जसपा कार्यकारिणी समितिका सदस्य मनिष सुमनले परिषद् अध्यक्षसहित बैठकले केन्द्रीय विधान एवं नियमावली संशोधन गर्दै केन्द्रीय समितिसमेत घोषणा गरेको छ । यसअघि ७ सय १ सदस्यीय केन्द्रीय समिति रहने विधानमा व्यवस्था भए पनि त्यसलाई संशोधन गर्दै ७ सय ७९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ ।

यसैगरी, बैठकले आठ केन्द्रीय निकाय र २९ वटा केन्द्रीय विभागका प्रमुखसमेत चयन गरेको छ । प्रदेश, जिल्ला, स्थानीय तह, भ्रातृ संगठनलगायतका सांगठनिक एकतालाई समेत छिटै टुंगो लगाउने निर्णय भएको छ ।

Next Post

हरिलाल गोर दीपक स्मृति प्रतिष्ठान गठन

५ कार्तिक २०७७, बुधबार ०९:२४
जुम्ला:हरिलाल गोर दीपक स्मृति प्रतिष्ठानको ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । नेकपा तातोपानी गाउँपालिका सदस्य तथा दलित अगुवा स्वर्गीय गोर कामीको सातौदिनको पुण्यतिथिको अवसरमा घोषित प्रतिष्ठानको सञ्चालक समिति गठन गरिएको हो । पत्रकार शुभाकर विश्वकर्माको अध्यक्षयतामा ९ सदस्यीय समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ । समितिको सचिवमा धनलक्ष्मी […]

सम्बन्धित समाचार