भरतपुरमा कांग्रेसको प्रेम धेरै दिन टिक्दैन : एमाले उपाध्यक्ष पाण्डे

हिमशिखर संवाददाता २५ बैशाख २०७९, आईतवार १८:१२

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाँचदलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाकी  मेयर उम्मेदवार रेनु दाहालसँगको कांग्रेसको प्रेम धेरै दिन नटिक्ने बताएका छन्।

भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन ज्यादै छोटो र कमजोर भएको बताएका हुन्। ‘केही दिनअघि भरतपुरमा सम्बोधन गर्न आएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डले नाइँ भन्दाभन्दै आफूले नै रेनु दाहाललाई भरतपुरको मेयर बनाउनुपर्छ भनेको भनेछन्, शेरबहादुर देउवालाई रेनु दाहाललाई मेयर बनाउने प्रेम बसेछ। तर, यो ज्यादै छोटो र कमजोर प्रेम छ। नक्कली च्याउरे पिरती धेरै दिन टिक्नेछैन,’ उनले भने

तर्साएर मत मागेर नपाउने उनको भनाइ छ। बिहीबार पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले रेनु दाहालले महानगरमा धेरै विकास–निर्माणको काम गरेको भन्दै भरतपुर महानगरपालिका मेयरमा उनले जित्नुपर्ने बताएका थिए।

भरतपुर महानगरमा पाँचदलीय गठबन्धनबाट रेनु दाहाल र राप्रापाको सहयोगमा एमालेले विजय सुवेदीलाई मेयरकाे उम्मेदवार बनाएका छन्।

Next Post

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्दै

२५ बैशाख २०७९, आईतवार १८:१२
संयुक्त राज्य अमेरिकामा पछिल्लो समय कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्न थालेको पाइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरूले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पताल भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन्। अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अंकमा सो समाचार दिएको छ। पत्रिकाले बिहीबार […]