वीरेन्द्रनगर नगरपालिका–१२ का वडा सदस्यमाथी झुक्याएर हस्ताक्षर गराएको आराेप

हिमशिखर संवाददाता १४ फाल्गुन २०७७, शुक्रबार १०:०३

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१२ का वडा सदस्य रामकुमार दर्लामीले सुर्खेत उपत्यका खानेपानी संस्थाका पूर्वकोषाध्यक्ष भीमबहादुर खड्कालाई झुक्याएर संस्थाविरुद्ध सही गराएको आरोप लागेको छ । आफुलाई झुक्याएर दर्लामीले हस्ताक्षर गराएको भन्दै खड्काले आपत्ति जनाएका हुन् ।

वडा सदस्य दर्लामीले घरमा आइ स्किम –२ को खानेपानीसम्बन्धी समस्याको विषयमा छलफल गरी संस्थामा पठाउनु पर्ने भएकोले सही गर्न आग्रह गरेको र त्यसैमा आफूलाई झुक्याएर केही कागजमा आफ्नो सही छाप गराइ फर्किएको खड्काले विज्ञप्तीमार्फत् आरोप लगाएका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘विभिन्न वहानामा खानेपानी जस्तो संस्थालाई बदनाम गराउन खोज्दैछन् । सुर्खेत उपत्यकावासी जनतालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने सेवामुखी संस्थामा यस्तो राजनीति गर्नु राम्रो होइन्  ।’

Next Post

आज साझ मन्त्रिपरिषद् बैठक बस्दै

१४ फाल्गुन २०७७, शुक्रबार १०:०३
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर गर्दै मंगलबार बेलुका पुनःस्थापनाको फैसला सुनाएको थियो। सर्वोच्चले १३ […]

सम्बन्धित समाचार