राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम

नवराज नेपाली डोको २२ चैत्र २०८१, शुक्रबार १७:०८

गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी चैत २४ गतेदेखि ३० गतेसम्म साप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सञ्चालन गर्ने घोषणा सो पार्टीले गरेको हो ।

घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र आर्थिक स्थायीत्वका लागि संघीयता ठूलो बोझ भएको भन्दै खारेजी जरुरी रहेको बताए ।

‘गणतन्त्र नेपाली जनताले ठूला सङ्घर्ष र बलिदानपछि स्थापित गरेका हुन् । यसलाई ध्वस्त पार्ने षड्यन्त्रलाई परास्त गर्न हामी निरन्तर संघर्षरत छौं,’ केसीले भने, ‘संघीयता नेपालको राष्ट्रियता र आर्थिक स्थायित्वका लागि ठूलो बोझ बनेको छ, त्यसैले यसको खारेजी जरुरी छ ।’

Next Post

राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी

२२ चैत्र २०८१, शुक्रबार १७:०८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो । उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने दाबी राप्रपाले गरेको छ राप्रपाको भोलि मंगलबारको सभा तथा जुलुसलाई […]

सम्बन्धित समाचार