प्रतिनिधिसभाका सदस्य गजेन्द्रबहादुर महतले भर्खरै गफाडी सरकारलाई बिदा गरेको बताउँदै उनले अबको सरकार पनि गफाडी हुने हो कि भन्ने चिन्ताले सताएको बताए ।
मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद महतले नवनियुक्त ऊर्जामन्त्रीले गरिबहरूलाई निःशुल्क बिजुली दिने समाचारले आफूलाई चिन्तित बनाएको बताए
उनले मन्त्रीको अभिव्यक्ति झट्ट सुन्दा लोकप्रिय भए पनि कालान्तरमा जिब्रोको पासो हुने अभिव्यक्ति दिए ।
सरकार र मन्त्रीका कारण आफूले सांसदको लोगो लुकाएर हिँड्नुपर्ने अवस्था आएको बताएका छन् ।