नाइजेरियामा २८जना स्कुले बालबालिका अपहरणमुक्त

हिमशिखर संवाददाता १२ श्रावण २०७८, मंगलवार १५:३५

नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट जुलाइको सुरुमा अपहरणमा परेका स्कुले बालबालिकामध्ये २८ जना मुक्त भएका छन् ।

हतियारधारी समूहले अपहरण गरेका १२१ मध्ये २८ जनालाई आइतबार रिहा गरिदिएको हो । कदुना राज्यस्थित बेथेल बेप्टिस्ट हाइ स्कुलका १२१ बालबालिकालाई हतियारधारी समूहले जुलाइ ५ मा बन्धक बनाइराखेको थियो ।

नाइजेरियामा पछिल्लो समय भएका अपहरणमध्ये यस अपहरण ठूलो मानिएको छ । नाइजेरियाको उत्तरी क्षेत्रमा पछिल्लो समय लुटपाट, अपहरण, हत्या जस्ता हिंसात्मक गतिविधि तिब्र हुँदैगरेका छन्

Next Post

लुम्बिनी र गण्डकी प्रदेशमा नियुक्त भए नयाँ प्रदेश प्रमुख

१२ श्रावण २०७८, मंगलवार १५:३५
सरकारले लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। अघिल्लाे सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई बर्खास्त गरी नयाँ नियुक्त गरेको हो। मन्त्रिपरिषद्को मंगलबार अपरान्ह बसेको बैठकले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्दै अमिक शेरचन र गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो। […]

सम्बन्धित समाचार