कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । गत भदाै २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए ।
उक्त घटना पछि प्रतिष्ठानम भयावह परिस्थिति भएकाे र याेस्ताे परिस्थितिले आफुहरूकाे सुरक्षा नभएकाे भन्दै चिकित्सकहरूले सामुहिक राजिनामाकाे घाेषणा गरेकाहुन ।
यसअघि मंगलबार चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका थिए । उनीहरुले पक्राउ पुर्जी फिर्तासहित चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।