सुर्खेत, प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदैछ । यतिबेला देशका ठूला तथा साना पार्टीमा उम्मेदवारको टिकट प्राप्त गर्न आकांक्षीहरुको तछाडमछाड छ ।
आकांक्षीहरु शक्तिकेन्द्र धाईरहेका बेला नेकपा माओवादी केन्द्रका नेता कृष्ण जिसी (जितेन्द्र) जनताको घरदैलोमा व्यस्त देखिएका छन् ।
जिसीले आफ्नो निर्वाचन क्षेत्रको विभिन्न ठाउँका जनताहरुसंग छलफल तथा सल्लाह सुझाब लिने कामलाई निरन्तर अघि बढाईरहेका छन् ।
‘म हिजो पनि जनताका बिचमा नै थिए, अहिले पनि जनताको बिचमा नै छु ।’ उनले भने, ‘जनताका बिचमा नजाने बरु शक्तिकेन्द्र धाउने प्रवृति अन्त्य गर्न आवश्यक छ ।’
यो व्यवस्था पनि जनताको त्याग र बलिदानले प्राप्त भएको भन्दै उनले जनता नै अन्तिम शक्तिकेन्द्र रहेको बताए ।
कलेज पढ्दा पढ्दै बिद्यार्थी राजनितिबाट राजनितिको मुलधारमा क्रियाशिल रहेका नेता जिसी यतिबेला कर्णाली प्रदेशसभा सदस्य पदको लागि जनता र उनको पार्टी माओवादी केन्द्रका कार्यकर्ताले सर्वसम्मत रुपमा सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ बाट सिफारिस भएका छन् ।
सुर्खेतको नेकपा (माओवादी केन्द्र) पार्टीमा सरल, सालिन र प्रभावशाली नेतामा पर्दछन कृष्ण जिसी (जितेन्द्र) । दश बर्षे जनयुद्ध सैन्य मोर्चामा रहेर बिग्रेड कमाण्डर सम्म भएर कार्य अनुभव गरिसकेका जिसी शान्तिकाल पछि भने सुर्खेत जिल्ला पार्टीको नेतृृत्व तहमा रहेर कार्य सम्पादन गर्दै आएका हुन् । हाल नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको उपाध्यक्ष रहेका जिसी माओवादीभित्र बौद्धिक र निस्कङ्लक छवि तथा जनता र कार्यकर्तामाझ भिजेका नेता मध्येमा पर्दछन् ।
पार्टी राजनितिमा कुटनीतिक मामिलामा पनि उत्तिकै चतुर रहेका उनी पार्टी भित्र भने ईमान्दार नेताका रुपमा रहदै आएका छन् ।
वैचारिक बसहमा खरो रुपमा उत्रने उनी साझा मुद्धा अन्य दलहरुसँग मिलेर काम गर्न सक्ने क्षमता राख्दछन् ।
जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियापछि हालसम्म पार्टीका हरेक मोर्चाको कुसल नेतृत्व गर्दै आएका जिसी जनमतबाट भने परीक्षण भएका छैनन् ।
यसअघिका संविधानसभा, प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चुनावमा पनि सहर्ष सहकर्मीलाई अघि सारेका नेता जिसीलाई आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि माओवादी केन्द्रले सुर्खेत क्षेत्र नं. १ (ख) बाट प्रदेशसभामा उम्मेद्वार बनाउने निर्णय गरेको हो ।