कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई रबरको गोली लाग्यो

हिमशिखर संवाददाता २३ भाद्र २०८२, सोमबार १३:२८

नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो ।

प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताएका छन् ।

Next Post

प्रहरीको गोली लागेर ८० जना घाइते, एकजनाको मृत्यु

२३ भाद्र २०८२, सोमबार १३:२८
जेन्जी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ८० जना घाइते भएका छन्। घाइतेहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ। उपचार भइरहेका मध्ये एकजनाको मृत्यु भएको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए। ‘८० जना घाइतेहरु अस्पतालमा छन्, त्यसमध्ये एकजनाको मृत्यु भएको छ,’ उनले भने।