आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई रोजगारी दिन्छौं : मुख्यमन्त्री कँडेल

महेश चाैलागाँई ४ भाद्र २०८१, मंगलवार १३:०४

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यानको आहुति दिएका सहिद परिवारलाई चालु आर्थिक वर्षदेखि रोजगारी दिने निर्णाय गरिएको बताए । भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सहिद परिवारका एकएक जनालाई रोजगारी दिने निर्णय गरिएको मुख्यमन्त्री कँडेलको भनाई छ ।

उनले चारजना सहिदहरुको फोटो प्रदेश मातहतका सबै कार्यालयमा राख्ने निर्णय गरिएको बताए । ‘कर्णालीमा रहेका संघीय सरकार र स्थानीय तहलाई पनि आग्रह गर्नेछौं,’ प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘प्रदेश मातहतका सबै कार्यालयहरुमा सहिदहरुका तस्बिर राख्ने निर्णय गरिएको छ ।’

यस्तै प्रदेश प्रमुख यज्ञराज जोशीले संघर्ष र बलिदानीबाट प्राप्त कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।

उनले चार जनाको बलिदानीबाट प्रदेश स्थापना भएयता जनताको इच्छा र शहिदहरुको सपनालाई कति पूरा गर्यौ भनेर सोच्ने बेला आएको उनको भनाई छ । प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख जोशीले भने, ‘जनताको चाहना र शहिदको सपनालाई कति पूरा गरियो भनेर तीन तहका निर्वाचित जनप्रतिनिधिहरुले समिक्षा गर्नुपर्ने बेला आएको छ ।’

कर्णाली भाषा, संस्कृति, प्राकृतिक स्रोतलगायतले भरिपूर्ण भएपनि त्यसको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताए ।प्रदेश प्रमुख जोशीले भने, ‘सम्भावनाको खानी कर्णली रहेपनि पछाडि छ, यसको समिक्षा गर्न आवश्यक छ ।’

Next Post

हुम्ला जिप दुर्घटना हुदा एक काे मुतु तीन जना घाइते

४ भाद्र २०८१, मंगलवार १३:०४
बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ। मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए। बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली […]