काँग्रेस महाधिवेशन – जुम्लाकाे दुवै क्षेत्रमा पाैडेल प्यानल विजयी

महेश चाैलागाँई १७ आश्विन २०७८, आईतवार ०५:३०

नेपाली काँग्रेस जुम्ला प्रदेश ‘क र ख’काे निर्वाचनमा पौडेल पक्षकाे प्यनल नै विजयी भएको छ ।

प्रदेश ‘क’ का सभापति लक्षिमन बोहोरोले कुल खसेको मत ४९८ मा २४९ मत ल्याएर विजयी भएका छन । उनका प्रतिद्वन्द्वी विष्णु बहादुर शाहि (नारायण ) २३१ मत प्राप्त गरेकाछन। त्यस्तै, पौडेल पक्षकै उपसभापतिद्वय रुपबहादुर रोकायले २७९ र तिलकप्रसाद न्यौपानेले २५० मत प्राप्त गरी विजयी भएकाछन।

यस्तै, प्रदेश ‘ख’ को निर्वाचनमा सभापतिमा पाैडेल पक्षकै कालीबहादुर बुढा विजयी भएकाछन । विजयी उम्मेदवार बुढाले कुल खसेको ४९० मतमा २४२ मत प्राप्त गरेर विजयी हुदा उनका प्रतिद्वन्द्वी देउवा पक्षधरका भीमनिधि हमालले १९९ मत प्रप्त गरेकाे सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दीए ।

त्यस्तै, उपसभापति दानसिंह खत्रीले २६६ र कालीबहादुर बुढाले २५४ मत ल्याएर विजयी भएमाहुन २३ सदस्यीय प्रदेश क्षेत्रीय कार्य समितिमा जुम्ला प्रदेश ‘क र ख’ दुवैमा पौडेल पक्ष हावि भएकाे छ।

Next Post

अखिल क्रान्तिकारीको अध्यक्षमा कालिकोटकी पञ्चा सिंह चयन

१७ आश्विन २०७८, आईतवार ०५:३०
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा कालिकाेटकी पञ्चा सिंह चयन भएकी छन्। अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले अध्यक्ष चयन गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको थियो। अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो। प्रचण्ड सहित अखिल क्रान्तिकारीका विद्यार्थीहरू सहभागी भएको बैठकले आइतबार […]