चितवनमा कोरोनाका कारण एक जनाको मृत्यु

हिमशिखर सम्वाददाता काठमाण्डौ ३ बैशाख २०८०, आईतवार १४:३९

जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रमुख दुर्गा चापागाईंका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो।

जिल्लामा अहिले दशजना सक्रिय सङ्क्रमित छन्। कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक/एक रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेशनमा छन्।

Next Post

सिजाँ गाउपालिकाको अत्यन्त जरुरी सुचना

३ बैशाख २०८०, आईतवार १४:३९

सम्बन्धित समाचार