आइसीसी विश्वकप लिग– २ काे एकदिवसीय त्रिकाेणात्मक सिरिज अन्तर्गतकाे अन्तिम खेलामा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनाैट चरणमा प्रवेश गरेकाे छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डिएल पद्धतिको आधारमा ९ रनले हराएको हो।
४४ ओभर सकिँदा खराव प्रकाशका कारण अम्पायरले खेल रोक्नुअघि नेपालले २६९ रन बनाएको थियो । डीएल प्रणालीमा यो रन जितका लागि ९ रनले बढी थियो ।
टस जितेर पहिलो व्याटिङ रोजेको युएईले ३१० रनको विशाल स्कोर बनाएको थियो । यो स्कोर बनाउन प्लेयर अफ द म्याच रहेका युएईका असिफ खानले ४२ बलमा १०१ रनको योगदान गरेका थिए ।
नेपाली बलरहरूको राम धुलाई भएको खेल उनीहरूका लागि बिर्सनलायक थियो । ललित राजवंशी र दीपेन्द्र सिंह ऐेरीले भने कसिलो बलिङ गरेका थिए ।
यो जीतसँगै आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपाल तेस्रो भएको छ । पछिल्लो १२ मध्ये ११ खेल जितेर नेपालले ३६ खेलबाट ४० अंकसहित तेस्रो स्थान हासिल गरेको हो । ३६ खेलबाट ५० अंकसहित स्कटल्याण्ड लिग टू च्याम्पियन भइसकेको छ भने ४४ अंकसहित ओमान दोस्रो भएको छ ।
आजको जीत नेपालका लागि एकदिवशीय अन्तर्राष्ट्रियमा लगातार छैटौं जित हो । यो एकदिवशीय अन्तर्राष्ट्रियमा नेपालको लगातार जितको कीर्तिमानसमेत हो ।
याे जितसँगै नेपाल आउने जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि छनोट भएको छ।
नेपालकाे जितमा कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकीय इनिङ खेले ।
नेपाली ब्याटसम्यान क्रिजमा टिक्ने सम्भावना जिवीत थियो , अन्तिम ओभरसम्म खेल्दा जित्ने स्थिति पनि थियो । यद्यपि, खेल हो केही भन्न सकिने अवस्था थिएन ।
यही बीचमा प्रकृतिको अनुकम्पा हुँदा नेपाल विजयी भयो ।