कास्डा जुम्लाको अनुगमन कार्यक्रम सम्पन्न

हिमशिखर संवाददाता २४ फाल्गुन २०७७, सोमबार १५:३९

कर्णली दिगो विकास प्रतिष्ठान (कास्डा ) जुम्लाको अनुगमन कार्यक्रम सम्पन्न भएको छ । ग्रामिण खाने पानी तथा सरसफाइ कोष विकास समिती (फण्ड बोर्ड) को अर्थिक सहयोग र कास्डा जुम्लाको सहजीकरणमा सम्पन्न भएको एक घर एक धारा कार्यक्रमको अनुगमन कार्यक्रम सम्पन्न भएको कास्डा जुम्लाले जनाएको छ ।

लाम्री खानेपनी आयोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरु

फण्ड बोर्डसंगको साझेदारीमा काष्डा जुम्लाले गुठिचौर गाउपालीका १ मणीगाँउमा काब्राखोला खानेपनी आयोजना, गुठिचौर ३ उखाडीमा चैतेखोला खानेपानी आयोजना, डिल्लीचौर ४ लाम्रीमा लाम्री खानेपनी आयोजना र सिजाँ गाउपालीका ४ तल्लो गोठीगाउमा गोठीगाउ खानेपानी आयोजना अन्तरगत एक घर एक धारा निर्माण गरेको थियो ।

 

लाम्री खानेपानी आयोजना र काब्राखोला खानेपानी आयोजनाको सार्वजनिक सुनुइ पनि सम्पन्न भएको छ । भने बाँकी दुइ आयोजनाहरुको यस अघि नै सार्वजनिक सुनुवाई भैसकेको कास्डा जुम्लाले जनाएकोछ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गुठिचौर गाउपालीका उपप्रमुख टिका एैडिले खानेपनीको अभाव खेपीरहेको गाउमा खानेपानी उपलब्ध गएकोको कास्डाजुम्लालई धन्यवाद दिएकी थिइन ।
कास्डा जुम्लाका अध्यक्ष डा.कालबहादुर रोकायाले सार्वजनिक धाराहरुमा अपनत्व नहुने भएकाले आफुहरुले एक घर एक धाराको कन्सेप्ट ल्याएको बताएका थिए ।

Next Post

स्थाइ समिति बैठकको बीचमै  बाहिरिए घनश्याम भुसाल

२४ फाल्गुन २०७७, सोमबार १५:३९
काठमाडौं: प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् । ४ बजे बसेको बैठकबाट के कारणले भुसाल पेरिसडाँडाबाट बाहिरिएको भन्ने कारण भने प्राप्त भएको छैन । भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिन  इन्कार गरेका छन् । आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको […]