वर्षमान पुनकी आमा बसेकाे घरमा गाेली चल्याे

हिमशिखर सम्वाददाता काठमाण्डौ २ बैशाख २०८०, शनिबार १०:१९

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा बसेकाे बालुवाटारस्थित घरमा गाेली चलेकाे छ। वर्षमान पुनकी आमा बसेकाे घरमा शुक्रबार राति ९ बजेतिर सुरक्षामा खटिएका प्रहरी अधिकृतले गाेली चलाएकाे खुलेकाे छ।

गाेली लागेर घाइते भएकी पुनकी आमा ७० वर्षीया तीर्थमाली पुनकाे अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेकाे छ।

गाेली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीकाे सुरक्षामा खटिने प्रहरी हवल्दार प्रकाश पुन मगर रहेका छन्। उनी वर्षमानका आफन्तसमेत हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Next Post

गढीमाईमा गोली चल्दा एकको मृत्यु, तीन जना घाइते

२ बैशाख २०८०, शनिबार १०:१९
रौतहटमा गोली चल्दा १ जनाको मृत्यु भएको छभने तीन जना घाइते भएका छन्। शनिबार रौतहटको गढीमाई नगरपालिका-८ धोबिनियामा गोली चल्दा १ जनाको मृत्यु र अन्य तीन जना घाइते भएका हुन्। जग्गासम्बन्धी विवाद हुँदा दुई पक्षबीच झडपका क्रममा गोली चलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गोली लागेर राजकुमार रायको मृत्यु भएको […]