सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको माग

हिमशिखर संवाददाता ५ माघ २०७९, बिहीबार १२:३४

कांग्रेसले सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न माग गरेको छ।

बिहीबार बिहान सुरु भएको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसदमा कुरा नउठाएकोप्रति आपत्ति जनाउँदै रुलिङको माग गरेका हुन्।

उनले आजको कार्यसूची स्थगित गरेर भए पनि सरकारले जहाज दुर्घटनाबारे जानकारी गराउन माग गरे।

आजको प्रतिनिधिसभाको बैठकमा सभामुखका लागि निर्वाचन हुने कार्यसूची छ। कांग्रेसको यस्तो मागपछि सभाध्यक्ष पशुपतिशमशेर राणाले सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई जवाफ दिन समय दिएका थिए।

नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपालाई प्रतिपक्षी दल घोषणा गर्न माग गरेका छन्। प्रतिनिधिसभामा नेमकिपाबाट एकजना सांसद छन्। उनले संसद बैठक स्थगित गरेर भए पनि विपक्षी दल नेता तोक्न माग गरेका छन्।

Next Post

कर्णालीमा दलित समुदायको लागि प्रशस्त बजेट, कार्यान्वयन न्यून

५ माघ २०७९, बिहीबार १२:३४
कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने अवस्था देखिएको छ। विगतका आर्थिक वर्षको अवस्था हेर्दा दलित समुदाय लक्षित बजेट विनियोजन गरे पनि कार्यान्वयन भने निकै न्यून रहेको पाइएको हो। गत आर्थिक वर्ष २०७८/७९ मा रु २४ करोडभन्दा बढी बजेट दलित लक्षित कार्यक्रमका लागि प्रदेश सरकारले […]