जुम्लाकाे ताम्तिका बाढी पिडित परिवारलाई जिल्ला प्रशासन कार्यलयकाे विपद् कोषबाट ५ लाख राहत प्रदान गरिएको छ ।
तातोपानी गाउँपालिका–७ ताम्ती गाउँमा गत साउन २९ गते सेतक चिनी (जडीबुटी) कोरेर पाटनबाट घर फर्किने क्रममा ताम्तीको घट्टेखोलामा बाढीले बगाएर तातोपानी गाउँपालिका–७ ताम्तीका ६० वर्षीय बिर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका छोरा १०वर्षीय शन्देश रावतको मृत्यु भएको थियो ।
मृत्यु भएकापरिवारलाई जिल्ला विपद् कोषबाट ५ लाख राहत उपलव्ध गरिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताईन् ।
उनका अनुसार मृतक बृर्खे रावतकी श्रीमति मैसरी रावतलाई दुई लाख र मृतक जैसरा रावत र उनका छोरा सन्देश रावतका बुवा रणबहादुर रावतलाई तीन लाख गरि जम्मा ५ लाख राहत स्वरुप रकम उपलव्ध गराएको छ ।