रारा तालको किनारमा पौडी खेल्ने क्रममा तालमा डुबेर युवकको मृत्यु भएको छ।

महेश चाैलागाँई २० असार २०८१, बिहीबार १७:५६

रारा तालको पूर्वी भागमा पर्ने ठाकुर नाथस्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँया नाथ रारा नगरपालिका-५ का २१ वर्षीय शिशिर जंग रावलको डुबेर मृत्यु भएको प्रहरीले बताएको हो।

मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए। अरू चार जना साथीहरूसँग घर फर्कने क्रममा उनी सहित अरू साथीहरूले तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिएका हुन।

दिउँसो २ बजे घटेको घटना जानकारी पाउन बित्तिकै नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुईवटा डुंगाबाट नेपाली सेना घटनास्थलमा पुगेको थियो।

रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट बाहिर निकालेका थिए।

घटनाको मुचुल्कापछि शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

Next Post

संसदलाई सम्बाेधन गरेर राजीनामा दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

२० असार २०८१, बिहीबार १७:५६
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने भएका छन्। आइतबार बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बाेधन गरेर प्रधानमन्त्रीले राजीनामा दिने तयारी भएकाे उनकाे सचिवालयले बताएकाे छ। नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता सहकार्य गर्ने सहमति भएपछि एमालेले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे थियाे। एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परेका छन्। […]