जुम्लाकाे बाढी प्रभावित क्षेत्रमा कर्णालीका सिचाइ मन्त्रीकाे अनुगमन

महेश चाैलागाँई १२ कार्तिक २०७८, शुक्रबार १३:३७

जुम्लाको बाढी प्रभावित क्षेत्रमा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले अवलोकन गरेका छन । तातोपानी गाउँपालिका ४ र तिला गाउपालिका ४ का बाढी प्रभावितका समस्या सुन्न र बाढीले पुर्याएको क्षति अवलोकन गर्न  मन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा पुगेकाे स्राेतले जनाएकाे छ ।

बाढी प्रभावित क्षेत्रकाे अनुगमनमा मन्त्री श्रेष्ठको टिम

मन्त्री श्रेष्ठलाई स्थानियले राहत र पुनर्निर्माणकाे काममा सहयाेगकाे माग राखेकाे र जवाफमा मन्त्री श्रेष्ठले म बाढीले पुर्याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्न तपाइहरुको घरदैलोमा पुगेको छु । तपाईहरूकाे समस्या तत्काल संवोधन गर्नको लागि मन्त्री परिषद र कर्णाली प्रदेश विपद परिषदमा छलफल चलाउने र छिटोभन्दा छिटो यहाँका बाढी प्रभावित नागरिकले राहतको अनुभुति हुने गरी पहल गर्ने बताएकाछन ।

मन्त्री श्रेष्ठलाई स्वागत गर्दै स्थानीयवासी

यस्तै मन्त्री श्रेष्ठले तत्काल बाढीले विद्युत सेवा ठप्प भएको क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन जडान गर्न नेपाल विद्युत प्राधिकरण जुम्ला इकाइलाई निर्देशन गरिसकेको
विद्युत गृहनै बाढीले बगाएको क्षेत्रमा तत्काल डिजेल प्लान्ट राखेर भएपनि विद्युत सेवालाई सञ्चालन गर्ने भएकाले
नहुन आग्रह गरे ।

Next Post

मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न

१२ कार्तिक २०७८, शुक्रबार १३:३७
आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गरेका थिए। कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त मोहना अन्सारीले लेखकले उपन्यास भित्रका पात्रहरुलाई न्याय गरेको बताउदै। उनले हरेक व्यक्तिलाई आफ्नो भूमि, भाषा, संस्कृतिको […]