नेकपा माओवादी केन्द्रले न्यायालयभित्रको विवाद न्यायालयले नै टुंगो लगाउने पर्ने निष्कर्ष निकालेकाे छ ।
माओवादी स्थायी समिति बैठकले ‘न्यायालय स्वतन्त्र संस्था भएकाले त्यसमा देखिएको विवादबारे बोल्न उपयुक्त नहुने र ‘न्यायालयभित्र देखिएको विवाद न्यायालय आफैँले टुंगो लगाउनु पर्ने आफ्नो पार्टीको धारणा रहेकाे प्रवक्ता कृष्णबहादुर महराले बताएका छन ।
अदालतभित्र देखिएको विवादबारे दलहरूलाई बोल्न दबाब परिरहेको समयमा माओवादी बैठकले यस्तो निष्कर्ष निकालेको हो।