ताताेपानीकाे नीति तथा कार्यक्रम पारित

के .बि अछुत १० असार २०८१, सोमबार २१:१९

जुम्ला । जुम्लाकाे ताताेपानी गाउँपालिकाकाे नीति तथा कार्यक्रम पारित भएकाे छ । आगामी आर्थिक वर्ष २०८१/८२ काे वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे हाे ।
गाउँपालिकाकाे १५ ओैँ गाउँ सभामा सभाका अध्यक्ष नन्द प्रसाद चाैलागाईले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ ।

जिल्लाकै पहिलाे पालिकाका रुपमा ताताेपानीकाे नीति तथा कार्यक्रम पारित भएकाे हाे । सभामा प्रस्तुतपछि सदस्यहरुले व्यापक छलफल गरि पारित भएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताउनुभयाे ।

उहाँका अनुसार ताताेपानीले विगतकाे भन्दा कृषि,पूर्वाधार,शिक्षा सवास्थ्य केन्द्रित नयाँ कार्यक्रम ल्याईएकाे बताउनुभयो ।

साथै बजेट तर्जुमा समितिका संयाेजक रेवती रावलले बजेट भने पारित हुन बाँकी रहेकाे बताईन् । सभामा बजेट पेश भएकाे विस्तृत छलफलपछि मात्रै पारित गरिने उहाँकाे भनाई छ ।

 

Next Post

जुम्लाका हाेटेल व्यावसायिकलाई लि- बर्डद्वारा तालिम

१० असार २०८१, सोमबार २१:१९
जुम्ला जिल्ला सदरमुकाममा रैथाने बालीको परिकार सम्बन्धि होटल व्यवसायीहरुलाई स्थानीय तथा रैथाने खाद्य परिकार बिकास तालिमकाे आइतबार एक कार्यक्रमका बिच कार्यक्रम समापन गरिएकाे छ । जुम्लाका विभिन्न ठाउँमा हाेटेल गरिरहेका हाेटेल व्यावसायीहरूलाई रैथाने खाद्य बिकास सम्बन्धि तालिमकाे चन्दननाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलक प्रशाद न्याैपानेद्वारा आइतबार उद्घाटन गरिएको […]