राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोक्ने आयोगको तयारी

महेश चाैलागाँई १२ पुष २०७९, मंगलवार १७:०६

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोक्ने तयारी गरेको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद पाठकले जानकारी दिए।

राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि सकिनुभन्दा एक महिनाअघि नै निर्वाचनको मिति तोक्नुपर्ने प्रावधानका कारण निर्वाचनको मिति तोक्ने तयारी भइरहेको उनले बताए।

सहायक प्रवक्ता पाठकका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै पटक भने हुनै छैन। दुई वटा पदमा फरक लिङ्ग र समुदायबाट व्यक्तिहरू चुनिनु पर्ने कानूनी व्यवस्थाका कारण दुवै पदमा एकै पटक निर्वाचन नहुने भएको हो। आयोगले निर्वाचनको मिति तोकेपछि सरकारले सोको व्यवस्था मिलाउने छ।

Next Post

सन्दीपकाे निवेदनमा अर्काे बिहीबार मात्रै सुनुवाइ हुने

१२ पुष २०७९, मंगलवार १७:०६
बलात्कार आरोपमा पक्राउ परेर पूर्पक्षका लागि थुनामा रहेका सन्दीप लामिछानेको निवेदनकाे सुनुवाइ सरेकाे छ। पाटन उच्च अदालतका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा परेकाे सन्दीपकाे निवेदन हेर्न नभ्याइनेमा राखिएकाे  छ। सन्दीपकाे भन्दा अगाडि रहेका मुद्दाहरू लामाे भएकाे कारण पाँचाैँ स्थानमा रहेकाे उनकाे निवेदनकाे सुनुवाइ हेर्न नभ्याइनेमा राखिएकाे अधिवक्ता […]

सम्बन्धित समाचार