एउटा नेपाली
विदेशीसँग भिग मागेर
अर्को नेपालीको
मालिक भएको छ ।
अर्को नेपाली
भोको छाक टार्न
विदेशीको कमारो रहेको छ ।।
अब तपाई आफैले
एकपटक भनिदिनुहोस् न ?
यो गणतन्त्र
कसको गणतन्त्र हो ??
एउटा सिपाही लास भयो
अर्को सिपाही दास भयो
प्रिय सर्वोच्च कमान्डर
म घाइते योद्धा हुँ
म सहिद परिवार हुँ
शुभकामना नदिनुहोस्
कुलीन वर्गिय गणतन्त्रको
धेरै बकवास भयो ।
जनतालाई प्रजा भन्नुहोस्
गण नभन्नुहोस्
रणबाट प्राप्ति गणलाई
महाराजहरुले
प्रजानै बनाउनु भएको छ
महाराजहरुले गण भनेको लज्जास्पद हो ।
प्रजा र साशकको रणबाट
साशक बिहिन
गण मागेका हौ ।
अब गणराज र गणको
रणबाट जन र गण मिश्रित
जन गणतन्त्र चाहिन्छ ।।
यो त महाराजहरुको मात्र
मुठ्ठीभर गणतन्त्र हो ।।।
जहाँ जन गणतन्त्र हुन्छ
हुने खाने र हुदा खानेको
खाडल सधैको लागि पुरिन्छ ।
त्यसैले महाराजहरुको
कागजी गणतन्त्रलाई जलाएर
सर्वहारा वर्गले चलाउने
जन गणतन्त्र चाहिन्छ ।
१५ जेठ २०७९
(रमेश रावत (विक्रान्त) अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला (इन्चार्ज)