बर्दियाको मधुवन नगरपालिका वडा नं. ८ मा विद्यालय सरोकारवालाहरूका लागी सुरक्षित र समावेशी सिकाइ वातावरण विषयक क्षमता विकास गोष्ठीको सम्म भएकाे छ ।
मधुवन नगरपालिकाको समन्वयमा बाल विवाह न्यूनीकरण परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप) बाँकेको साझेदारीमा गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीमा सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणका लागी विद्यालयका सरोकारवाला पक्ष विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घको भूमिका लगायत विद्यालयमा समावेशी वातावरण निर्माण गर्ने विषयमा छलफल गर्दै गुणस्तरीय शिक्षा र समावेशी वातावरण निर्माणका लागी कार्ययोजना समेत निर्माण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारी एवम् कर्मचारी गरि गोष्ठीमा करिब २५ जनाको सहभागिता रहेको थियो । गोष्ठी शुक्रवार देखि २ दिन सम्म चलेको थियो ।



