काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित ५ जनाको टोलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल संग (खुमलटार)मा बिहिबार भेटको छ।
यसअघि कर्णाली प्रदेश सरकारमा देखिएको राजनीतिक विवाद समाधानका लागि काठमाडौं आएको टोलीले बिहिबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेर विवादबारे ब्रिफिङ गरेको हो। त्यसक्रममा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले कर्णालीबाट आएका मुख्यमन्त्रीसहित ५ जना नेताहरुलाई छुट्टाछुट्टै भेट गरेका हुन्।
भेटपछि प्रदेश सांसद चन्द्रबहादुर शाहीले पार्टीका शीर्ष नेताहरूबाट विवादबारे बुझ्ने इच्छा जनाएपछि आफुहरु खुमलटार पुगेको बताएका छन्। ‘हामीलाई पार्टी कार्यालयबाट चिठी पठाएर काठमाडौं बोलाइएको थियो’, त्यही भएर हामी आएका हौं, पार्टी नेतृत्वले विवाद समाधानका लागि बोलाएपछि भेटेका हौं।’
हिमशिखर अनलाइन सँग कुरा गर्दै शाहीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पनि त्यहीँ (खुमलटार)मा हुनुहुन्थ्यो, मलाई पनि उहाँहरु (प्रचण्ड-नेपाल)ले छुट्टाछुट्टै भेट्नुभयो, पार्टी विवादबारे सोध्नुभयो।’
साढे १२ बजे खुमलटार पुगेका उनी १० मिनेटपछि बाहिरिएका थिए। पार्टीमा देखिएको विवाद समाधानका लागि नेताहरुले बुझ्नुलाई स्वभाविक मान्नुपर्ने उनको भनाइ छ । बिहीबार भएको प्रचण्ड–नेपालसँगको भेटमा भने ओली पक्षका सांसद कँडेल सहभागी थिएनन्
आज मन्त्रिपरिषद् बैठकलगायतका कारणले कर्णालीको टोलीले समय नपाएकोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने भोलि (शुक्रबार) मात्रै भेट हुने भएको छ।
काठमाडौं आउनेमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, विवादपछि प्रमुख सचेतकबाट हटाइएका गुलाबजंग शाह, मन्त्री प्रकाश ज्वाला र सांसदद्वय चन्द्रबहादुर शाही र यामलाल कँडेल छन्।