स्वास्थ्य मन्त्रालयको ८ बुँदे अनुरोध : तोक्यो अति प्रभावित १४ जिल्ला

हिमशिखर संवाददाता २ बैशाख २०७८, बिहीबार १७:४८

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले आठ बुँदे अपील गरेका हुन्।

स्वास्थ्य मन्त्रालयकाे सुचना

मन्त्रालयले अति प्रभावित भनेर १४ जिल्लाको नामसमेत सार्वजनिक गरेको छ। काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका विद्यालयमा सहभागी नहुन र हुनुपरे स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउन अनुरोध गरेको छ। मन्त्रालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार भूमिका खेल्न अनुरोध गरेको छ।

सबै अस्पताललाई कोरोनाको परीक्षणका लागि नमूना संकलनको व्यवस्था गर्नसमेत मन्त्रालयले भनेको छ।

Next Post

अज्ञात रोगकबाट जुम्लाका विद्यार्थी बिरामी, विद्यालय प्रवेशमा रोक

२ बैशाख २०७८, बिहीबार १७:४८
जुम्ला: तातोपानी गाउँपालिका -७ ताम्तीको जनजागृति माध्यमिक विद्यालयका २६ जना विद्यार्थी अज्ञात रोगले थला परेका छन्। विद्यालयमा वार्षिक परीक्षा चलिरहेको बेला विद्यार्थी एकाएक विरामी पर्न थालेका हुन। विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माध्यमिक विद्यालय ताम्ति प्रधानाध्यापक जनक रावतले बताए। गत चैत २३ गते परीक्षामा […]