नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मंगलबार नियुक्त भएकाे मन्त्रीहरुले राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्।
एमालेबाट विमला राई पौडेलले परराष्ट्रमन्त्री, पदम गिरीले स्वास्थ्य मन्त्री, भगवती चौधरी-महिला तथा बालबालिका मन्त्री र हरि उप्रेतीले रक्षा मन्त्रीकाे रूपमा शपथ लिएका छन्।
माओवादीबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा शपथ लिएका छन्।