पल शाहले पाए सफाइ

महेश चाैलागाँई ३ माघ २०७९, मंगलवार २०:१५

जिल्ला अदालत तनहुँले बालिका बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।

नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो। पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो।

नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिए पनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो ।

Next Post

कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने

३ माघ २०७९, मंगलवार २०:१५
नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान बसेकाे कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो। प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार कांग्रेसले अन्य दलहरुसँग छलफल गर्ने र उम्मेदवारीबारे टुंगो लगाउने छ। यता, सत्ता गठबन्धनकाे तर्फबाट नेकपा एमालेले देवराज घिमिरेलाई सभामुखको […]

सम्बन्धित समाचार