तनहुँको व्यास नगरपालिका–११ निर्वु सामुदायिक वनमा आज एक मानव अस्थिपञ्जर फेला परेको छ। सामुदायिक वनमा एक अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरीले जनाएको छ।
टाउको छुटिएको अवस्थामा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए। लिङ्ग पहिचान नभएको र घटनाबारे अनुसन्धान सुरु गरिएको उनले बताए।
स्थानीयवासीबाट जानकारीमा आएपछि मुचुल्का गरेर अस्थिपञ्जर ल्याएका छौँ, यसबारे अनुसन्धान गरेका छौँ’ उनले भने। घटनास्थलमा प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो।