जुम्ला: तातोपानी गाउँपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल सुरु गरेको छ ।ताताेपानी गाउँपालिका वडा नं ५ को ऐरेनीमा र कोभिड अस्पताल सुरु गरेको हो ।
अस्थाइ काेभिड अस्पलरतालमाा अहिले साधारणतया आइसोलेसनमा हेन बेड मात्र राखिएको छ । आवश्यकता अनुसार आइसियू, भेन्टिलेटरसहितका उपकरण लगायतका अन्य सुविधा थप्दै जाने योजना रहेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए। संघीय सरकारले सहयोग गरेको रु १० लाखमा अस्पताल शुरु गरिएकाे हाे
अस्थायी कोभिड अस्पतालमा अहिले दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कार्यरत छन् । दुई पटक विज्ञापन गर्दा पनि आवेदन नपरेकाेले अहिले मेडिकल अधिकृतको पद रिक्त रहेकाे ताताेपानी गाउपालिकाले जनाएकाे छ ।