भारतमा एकैदिन २ लाखभन्दा बढीलाई कोरोना, १० हजारभन्दा बढिको मृत्यु

हिमशिखर संवाददाता २ बैशाख २०७८, बिहीबार १४:४०

भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख  ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।

भारतमा अप्रिल ५ यता हरेक दिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको थियो । अप्रिल ५ मा भारतमा करिब १ लाख ३ हजारलाई संक्रमण पुष्टि भएकोमा बुधबार भने त्यसको दोब्बर संख्यालाई कोरोना देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप १ हजार ३८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २४ लाखभन्दा बढी निको भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजारभन्दा बढी रहेको छ ।

Next Post

२४ घन्टामा देशभर ६ सय तीनजनामा कोरोना संक्रमण

२ बैशाख २०७८, बिहीबार १४:४०
४ हजार ५६ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये चार सय ५७ जना संस्थागत आइसोलेसनमा छन् । बुधबार देशभर ८० संक्रमित आइसियू र २५ को भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अहिलेसम्म कुल संक्रमितको संख्या दुई लाख ८१ हजार पाँच सय ६४ पुगेको छ । जसमध्ये दुई लाख ७४ हजार चार सय ४७ निको भइसकेका […]

सम्बन्धित समाचार