राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयाेगमा उजुरी

हिमशिखर संवाददाता १८ माघ २०७९, बुधबार २१:०७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल सफलले रवि लामिछाने नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिनुभएको हो ।

रवि लामिछानेकाे नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेकाले त्यही नागरिकता प्रयोग गरेर खोलेको पार्टी पनि खारेज गर्नुपर्ने निवेदककाे दाबी छ । यसअघि रवि लामिछानेको नागरिकता विवादमा पनि पौडेल लगायतले नै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

यस्तै पौडेलले यसअघि अध्यागमन विभाग र प्रहरी परिसर काठमाण्डाैमा पनि अमेरिकाको नागरिकता त्याग्नुअघि नेपाली राहदानी लिएको मुद्दामा रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै निवेदन दिनुभएको भए पनि दुवै निकायले निवेदन दर्ता गर्न अस्वीकार गरेका थिए ।

Next Post

रवि लामिछानेले न्याय पाउनुपर्ने माग गर्दै जुम्ला प्रशासन अगाडी आत्मदाहको प्रयास

१८ माघ २०७९, बुधबार २१:०७
जुम्लामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विहिबार दिउँसो ३ बजेतिर जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जना यूवाले आत्महत्याको प्रयास गरेका हुन। कोहलपुर नगरपालिका वडा नं. १०मा स्थायी घर भएका वर्ष ४० का गोर्कण कार्कीले रवि लामिछानेले न्याय पाउनु पर्छ भन्दै शरीरमा पेट्रोल […]