नेकपा उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

आजै पद तथा गोपनीयताको शपथ ग्रहण

हिमशिखर संवाददाता १ आश्विन २०७७, बिहीबार १७:४९

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड (ख)बमोजिम सरकारको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन्।
राष्ट्रपति भण्डारीले मनोनित गरे लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। सरकारले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी ओलीले भदौ १८ गतेको नेकपा सचिवालय बैठकमा गराएका थिए।
फागुनदेखि रिक्त रहेको राष्ट्रिय सभाको एक पदमा अर्थमन्त्री डा। युवराज खतिवडालाई पुनःनियुक्त गर्ने चर्चा चलेको थियो। उक्त विषयले नेकपामा विवाद चर्किएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय भएको जानकारी सचिवालय बैठकमा गराएका थिए।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा पराजित गौतम शीतल निवासको बाटो हुँदै माननीय बनेका हुन्। प्रतिनिधिसभाको चुनावमा गौतम नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमसँग ७५३ मतले पराजित भएका थिए। संजयले ४४ हजार ८२९ मत ल्याउँदा गौतमले ४४ हजार ७६ मत मात्र ल्याएका थिए। अढाई वर्षअघिको पराजयलाई पन्छाउँदै गौतम बिहीबार शीतल निवासको बाटो हुँदै माननीय बनेका हुन्।

Next Post

बयलगाडेहरूको हातमा संविधान सुरक्षित छैनः बाबुराम भट्टराई

१ आश्विन २०७७, बिहीबार १७:४९
काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले बयलगाडेहरुको हातमा संविधान सुरक्षित नरहेको टिप्पणी गरेका छन । सुक्रवार बिहान सामाजिक सञ्जाल टुइटरमा संविधान दिवसमा सबैले सम्झनुपर्ने कुराहरु भन्दै डा। भट्टराईले बयलगाडेहरूको हातमा संविधान सुरक्षित नभएको उल्लेख गरेका हुन । संविधान दिवसको सेरोफेरोमा सामाजिक सञ्जालमार्फत डा। भट्टराईले […]