आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

महेश चाैलागाँई १५ असार २०८१, शनिबार ०८:३६

आज असार १५। ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ। आजको दिन खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ।

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। आज २१औँ धान दिवस ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मनाइँदैछ।

आज चितवनको बछौलीमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा रोपाइँँ मूल समारोह गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने कार्यक्रम रहेको छ।

Next Post

गुल्मी पहिरो एकै परिवारका ५ जनाको मृत्यु

१५ असार २०८१, शनिबार ०८:३६
मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको […]

सम्बन्धित समाचार