गुल्मी पहिरो एकै परिवारका ५ जनाको मृत्यु

हिमशिखर संवाददाता १५ असार २०८१, शनिबार ०९:४१

मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए ।

पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । घर पहिरोले पुिरएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ ।

Next Post

सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक

१५ असार २०८१, शनिबार ०९:४१
सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ […]