कर्णाली आज=कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नयाँ ल्याईएको एक करोडको एसडि क्युडि टु फिलम प्रयोग विहिन अवस्थामा छ । गएको साउन महिनाको अन्तिम सातामा ल्याईएको फिलम जडान गरेकै दिनबाट प्रयोग विहिन अवस्थामा रहेको बताईएको छ । एसडि क्युडि फिल्म आउनु पर्नेमा एसडि क्युडि टु फिलम आएको र त्यो फिल्म जडान गरेकै दिनबाट प्रयोग विहिन अवस्थामा रहेको प्रतिष्ठानको एक्सरे विभागले जनाएको छ ।
विभागसँग समन्वय नगरि ल्याईएको फिलमको गुणस्तर चेकजाँच गर्दा एसडि क्युडि हुनु पर्नेमा एसडि क्युडि टु फिलम आएको बताईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्टोर शाखा र खरिद कर्ताको मिलोमत्तोमा एसडि क्युडि टु फिलम ल्याईएको कर्मचारीहरुले बताएका छन् । खरिद गरि ल्याईएको एसडि क्युडि टु फिलम प्रयोग गर्दा एक्सरे मेसिनलाई समस्या गर्दा झण्डै एक हप्ता सेवा नै अवरुद्ध भएको थियो ।
जडान गरेकै दिनबाट एसडि क्युडि टु फिलम थन्किएको छ । एसडि क्युडि टु फिलमका लागि ल्याईएका ५ वटा कार्टुन आएपनि प्रयोगि विहिन अवस्थामा रहेका छन् । एसडि क्युडि टु फिलमका विषयमा छानबिन गरौँ भन्दा प्रतिष्ठानका पदाधिकारी र स्टोरका कर्मचारीले नमानेको त्यहाँका कर्मचारीहरुको भनाइ छ । फरक फिलम आउदा पनि सबै चुप लागेर बसेका छन् । यसरि चुपचाप बस्नु भनेकै गलत भएर हो । जडान गरेकै दिन बिग्रने फिलम कस्तो ल्याईएको हो ।
खरिद गरि ल्याईएको एसडि क्युडि टु फिलम नचलेपछि अहिले पुरानै एसडि क्युडिबाट एक्सरे सेवा चलेको छ । यो पनि कति बेला बिग्रीन्छ भर छैन् । अहिले काम गरि रहेको एसडि क्युडिको सफ्टवर्यरको पाट धेरै पटक बिग्री सकेको छ । हाडवर्यरको पार्ट बिग्रीने वितिकै एक्सरे सेवा पूर्ण रुपमा बन्द हुने अवस्थामा छ ।
पदाधिकारीलाई एक्सरे मेसिनका विषयमा कुरा सुनाउदा नसुने जस्तै गरेको कर्मचारीहरु बताउछन् । २०७४ सालमा जडान गरिएको एसडि क्युडि फिलमबाट एक्सरेको काम हाल भइरहेको छ । प्रतिष्ठानमा काम चलाउका रुपमा रहेको एक्सरे मेसिन जीर्ण अवस्थामा छ । यो विषयमा पदाधिकारी र उच्च तहका कर्मचारीहरु चुपचाप बसेका छन् । यता प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले एसडि क्यसडि टु फिलमका विषयमा आफुलाई कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिएर उम्किनु भयो ।
एसडि क्युडि टु फिलम खरिदका विषयमा सोध्न खोज्दा प्रतिष्ठानका कर्मचारी चेत रोकायाले मेरो पनि भाई पत्रकार हो । एउटै कुरा कति पटक सोध्छौँ भन्दै तुच्छ भाषा प्रयोग गर्नुभयो । तिमि अबुझ रहिछौँ भाई एउटै कुरामा कति पटक फोन गर्छौँ । उहाँले यति सम्म भन्न भ्याउनु भयो कि ? तिम्लाई भाई कसले रक्सी खुवाएर उक्साई रहेको छ ।
उहाँले भन्नुभयो, यो विषयमा मलाई धेरै टाउको दुखाउने काम नगर भाई । व्यक्तिगत कुरा भए घर आउ गरौँ, अरु दाँयाबाँया कुरा गर्न मलाई फुर्सद छैन भन्दै रोकाया रिसाउनु भयो । खरीद प्रक्रियामा रोकायाको पनि हात रहेको हुनाले सूचना दिन उहाँले मानि रहनु भएको छैन् । उहाँले यस विषयमा पत्र ल्याएर आउ भनेर टार्नु भयो । रोकाया स्टोर शाखामा आवद्ध भएको र एसडि क्युडि फिलम पनि स्टोर शाखाबाट खरिद गरिएको हुनाले यो प्रश्न उहासँग सोधिनु स्वभाविक हो ।
तर, उहाँले धम्किपूर्ण भाषा प्रयोग गर्दै पत्रकारलाई हप्काउन खोज्नु भयो । भाइ पत्रकार छ भन्दै उहाँले मैले पनि पत्रकारीता बुझेको छु भन्ने भाष्य प्रयोग गर्नुभयो । खासै उहाँलाई पत्रकारीताका विषयमा राम्रो ज्ञान नभएको स्पष्ट हुन्छ । यता एसडि क्युडि टु फिलम खरिदको जिम्मेवारी पाउनु भएका पूर्ण बुढथापाका अनुसार, टेण्डरमा सियार मेसिनको फिलम भनिएको थियो त्यहि ल्याएर मैले दिएको हुँ ।
त्यसले काम गर्याे गरेन भन्ने विषयमा मलाई थाहा हुँदैन् । १ करोड रुपैयाँको लागतमा सियार मेसिनको फिलम खरिद गरेको उहाँको भनाइ छ । बुढथापाले भन्नुभयो, मैले प्रतिस्पर्धाका आधारमा टेण्डर प्राप्त गरेको हुँ । टेण्डरमा उल्लेख भएका उपकरण भनेकै समयमा ल्याएर दिई सकेको उहाँको भनाइ छ । उक्त फिलम हेर्ने इन्जिनियर भैरव बुढाका अनुसार, आफुलाई प्राविधिक बाँहेक अरु कुरा थाहा नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, पहिले यहाँ जडान गरिएको एसडि क्युडि हो तर, अहिले जापानबाट ल्याईएको एसडि क्युडि टु हो । जापानले नयाँ बनाएको हुनाले फरक परेको बुढाको भनाइ छ । प्राविधिक हिसाबले एसडि क्युडि टु फिलम फरक भएकाले अहिले जडित फिलमसँग मेल नखादा प्रयोगि विहिनमा अवस्थामा रहेको उहाँले बताउनु भयो ।
हाल पहिले फिलमबाट एक्सरेका काम भइरहेको उहाँले जानकारी गराउनु भयो । एसडि क्युडि टु फिलम कसरी, कहिले र कतिको लागतमा खरिद गरिएको हो ? यस विषयमा जानकारी दिन प्रतिष्ठानका पदाधिकारी र कर्मचारीहरुले मानि रहेको अवस्था छैन् । – कर्णाली आज