कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बन्द आकस्मिक सेबा बाहेक सबै बन्द

महेश चाैलागाँई ३१ भाद्र २०८०, आईतवार १२:४१

डाक्टरमाथि कुटपिट भएको विषयलाई लिएर देशभरका अस्पताल बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्। यही भदौ २७ गते सन्चो अस्पताल हेटौँडाका दुई जना डाक्टरमाथि कुटपिट भएपछि देशभरका चिकित्सक, स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरहरु पनि आन्दोलनमा उत्रिएका छन्। प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा ठप्प छ। डाक्टरहरु भने अस्पतालबाहिर आन्दोलित छन्।

आफूहरुलाई काम गर्ने वातावरण नभएका र सुरक्षित महसुस नहुने भएको हुनाले आन्दोलनमा उत्रिनु परेको नेपाल चिकित्सक संघ जुम्लाका उप सभापति डा. कमल थानीले बताए।

उनका अनुसार विरोधका कार्यक्रमहरु केन्द्रीय कार्यालयले तोके बमोजिम हुनेछन्। ‘बिरामी बाँचुन्जेल ठिक र बिरामी निको हुन नसक्ने अवस्था वा तलमाथि हुँदा डाक्टर कुट्ने चलनले हामीलाई सेवा बन्द गर्न बाध्य बनाएको हो,’ उनले भने, ‘हामीले हाम्रो सुरक्षाका होस् र कार्य वातावरण बनोस भनेर अस्पताल बन्द गर्नु परेको हो।’

चिकित्सक, स्वास्थ्यकर्मीहरुले हामी भगवान होइनौं, केवल इमान्दार प्रयास मात्र गर्न सक्छौं, जेल विथ आउट बेला, जष्टिस फर डा. विकास जस्ता प्लेकार्ड बोकेर डाक्टरहरु हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन्।

Next Post

सरकार र शिक्षक महासङ्घबीच आज औपचारिक वार्ता हुँदै

३१ भाद्र २०८०, आईतवार १२:४१
सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज औपचारिक वार्ता हुँदै छ। वार्ता बिहान ९ बजे सुरु गर्ने तयारी छ। विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक प्रतिनिधिहरूसँग बिहीबारको वार्ता निष्कर्षबिहीन भएको थियो। बिहीबार बेलुका फेरि गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री राईका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा. […]

सम्बन्धित समाचार