कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विशेष उल्लासपूर्ण वातावरणमा प्रथम दीक्षान्त समारोह सम्पन्न भएको छ। प्रतिष्ठानको स्थापना भएको डेढ दशकपछि आयोजित यस विशेष समारोहमा ५८ जना विद्यार्थीलाई दीक्षित गरिएको छ।
उक्त दीक्षान्त समारोहबाट स्नातकतर्फ बिपिएचमा ३८ जना, एमबिबिएसमा १३ जना, तथा स्नातकोत्तरतर्फ एमडिजीपीमा ३ जना, एमडी एनेस्थेसियामा १ जना, र एमडी पेडियाट्रिक्समा १ जना विद्यार्थी दिक्षित भएका छन्।
प्रतिष्ठानका रेक्टर डा. डबल धामीका अनुसार दीक्षान्त समारोहमा पाँच जना उत्कृष्ट विद्यार्थीलाई कुलपति स्वर्ण पदकले सम्मानित गरियो।
स्वर्ण पदक पाउने उत्कृष्ट विद्यार्थीहरूमा बि.एम.एस. तर्फ रेणु कुमारी सिंह (२०१९), सिर्जना न्यौपाने (२०२०), बिपिएच तर्फ दिपेन्द्र जोशी (२०१९), सुशील शाही (२०२०), र एम.डी./एम.एस. तर्फ बेद कुमार चौधरी (२०२१) रहेका छन्। यी विद्यार्थीहरूले समष्टिमा उच्चतम अंक ल्याई प्रतिष्ठानको गौरव बढाएका छन्।
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई स्वास्थ्य क्षेत्रमा आफ्नो ज्ञान र सीपलाई राष्ट्र सेवामा समर्पण गर्न प्रतिज्ञा गराउनु भयो। साथै, स्वास्थ्य मन्त्री र प्रतिष्ठानका अन्य उच्च पदस्थ व्यक्तिहरूले पनि नवदिक्षित विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरे।