नक्कली प्रहरीकाे भेषमा अपराधिक गतिविधि गर्ने दुई व्यक्ति पक्राउ

हिमशिखर संवाददाता २२ श्रावण २०८१, मंगलवार १८:५३

नक्कली प्रहरी प्रहरीकाे भेषमा लुटपाट गरि अपराधिक लाभ लिन खाेज्ने दुई व्यक्तिलाई पक्राउ गरिएकाे छ । प्रहरीकाे ब्युराे टाेली हाैँ भन्दै अपराधिक लाभ लिन खाेज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

फाेटाे : कर्णाली मिसन

गत शुक्रबार राती साढे १० बजेकाे समयमा चन्दननाथ नगरपालिका-१ एयरपाेर्ट स्थित कान्जिराेवा हाेटलमा बास बसिरहेका २ जनालाई विशेष सूचनाकाे आधारमा पक्राउ गरिएकाे प्रहरी निरिक्षक उमेश चन्दले बताए ।

उनका अनुसार कान्जिरोवा होटेलमा बास बसिरहेरको व्यक्तिहरुलाई २ जना व्यक्ति आई अस्वभाविक व्यबहार गरी हामीहरु सिभिल प्रहरीको ब्यूरो टोली हौं, भनी हातमा चाईनिज सेट जस्तो देखिने चिज देखाई अपराधीक लाभ लिने मनसाय राखी गाली गलौज तथा धाक धम्क दिई तिमीहरु संग नगद रुपैया छ, के कहाँबाट ल्याएको हो ? देखाउ भनि धकेला धकेल गरिरहेको सूचना प्राप्त हुने बित्तिकै प्रहरी टाेली पुगेर नियन्त्रणमा लिईएकाे हाे ।

नक्कली प्रहरीकाे भेषमा अपराधिक गतिविधिमा संलग्न २ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

कर्णाली मिसन

Next Post

नेपाल काभा महिला नेसन्स लिगको फाइनलमा

२२ श्रावण २०८१, मंगलवार १८:५३
नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । नेपालले मंगलबार राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा इरानलाई ३ सोझो सेटमा पराजित गरेको हो । राउन्ड रोविन लिगमा इरानले नेपाललाई ३-२ सेटले पराजित गरेको थियो । नेपालले त्यसको बदला लिँदै फाइनल यात्रा तय गरेको हो । नेपालले बुधबार हुने […]

सम्बन्धित समाचार