सुर्खेतबाट ब्राउनसुगरसहित एकजना प्रहरी नियन्त्रणमा

हिमशिखर संवाददाता ६ भाद्र २०८२, शुक्रबार १७:०८

सुर्खेत प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक  युवकलाई नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो करिब साढे एक बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा सुर्खेतबाट खटिएको सयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकमा चेकजाँच गर्ने क्रममा कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका–९ बस्ने २१ वर्षीय चक्र ब. शाहीलाई पक्राउ गरेको हो।

शाहीको साथबाट नापतौल नगरेको अवस्थामा ब्राउनसुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ २३ पुडिया फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थको नापतौल गर्दा शुद्ध तौल ८०० मिलिग्राम रहेको पाइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका शाहीलाई म्याद थप गरि थप अनुसन्धान थलिएको छ।

Next Post

उद्यमशीलता र नेतृत्वका लागि राजधानीमा ‘युथ कन्क्लेभ २०२५’

६ भाद्र २०८२, शुक्रबार १७:०८
काठमाडौँ । राजधानीमा शनिबार ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ। युवामा उद्यमशीलता, नेतृत्व क्षमता, व्यवस्थापन र औद्योगिक सीप विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित कन्क्लेभ आयोजना गर्न लागिएको हो। युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा करिब पाँच हजार […]