नेपाल काभा महिला नेसन्स लिगको फाइनलमा

हिमशिखर संवाददाता २२ श्रावण २०८१, मंगलवार १९:१५

नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । नेपालले मंगलबार राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा इरानलाई ३ सोझो सेटमा पराजित गरेको हो ।

राउन्ड रोविन लिगमा इरानले नेपाललाई ३-२ सेटले पराजित गरेको थियो । नेपालले त्यसको बदला लिँदै फाइनल यात्रा तय गरेको हो ।

नेपालले बुधबार हुने फाइनलमा भारतसँग खेल्नेछ ।

भारतले अर्को सेमिफाइनलमा श्रीलंकालाई पराजित गरेको थियो । उसले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । राउन्ड रोविन लिगमा नेपालले भारतलाई ३-१ सेटमा पराजित गरेको थियो । भारतमाथि नेपालको यो अहिलेसम्मकै पहिलो विजय थियो ।

Next Post

नुवाकट मा हेलिकप्टर दुर्घटना मा परि ४ जना काे मुत्यु

२२ श्रावण २०८१, मंगलवार १९:१५
नुवाकोट काे शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए । अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले बताए । उनका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।