चन्दननाथ नगरपालिका–९ श्रीढुस्कामा आइतबार बिहान करिब ९ बजे अटो दुर्घटनामा परि एक बालक गम्भीर घाइते भएका छन्।
दुर्घटनामा सोही गाउँका ४ वर्षीय बालक देउभाग्या उपाध्यक्ष घाइते भएका हुन्। घाइते बालकको उपचारका लागि तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिन बाबु रेग्मीले जानकारी दिनुभयो।
दुर्घटनामा संलग्न अटो (क.प्र.१ ह ५० नम्बर) चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



