जुम्लाको चन्दननाथ नगरपालिका–३ बुथढ्वाडामा ३२ वर्षीय तिर्थ बुढ्थापा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रबिन बाबू रेग्मीका अनुसार करिब ३ बजे आफ्नै घरमा मृत अवस्थामा देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
मृतकको शवलाई पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



