रोकायाले दिए प्रतिबद्धता बिरामीलाई सकेसम्म बाहिर रिफर नगर्ने

महेश चाैलागाँई ३ भाद्र २०८२, मंगलवार १८:०२

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. पुजन कुमार रोकायालाई नेपाल पत्रकार महासंघ जुम्ला ले मंगलबार विशेष कार्यक्रममार्फत स्वागत तथा बधाई गरेको छ।

महासंघको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष पूर्णप्रसाद चौलागाईंले कर्णालीकै सन्तानले प्रतिष्ठानको नेतृत्व पाउनु गौरवको विषय भएको टिप्पणी गर्दै शुभकामना दिएका थिए।

उक्त अवसरमा उपकुलपति रोकायाले प्रतिष्ठानको चुनौती र सम्भावनाबारे खुलेर धारणा राखे। उनले भने, प्रतिष्ठानलाई अगाडि बढाउनु सजिलो छैन। कतै यो संस्थाले आफ्नो पहिचान गुमाउने त होइन भन्ने चिन्ता पनि छ। तर, केही नयाँ काम गर्ने संकल्पका साथ आएको हुँ।

रोकायाले बिरामीलाई सकेसम्म बाहिर रिफर नगरी यहीँ उपचार गर्ने वातावरण बनाउन प्राथमिकता दिने बताए। साथै, प्रतिष्ठानमा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमलाई थप व्यवस्थित बनाउने र कर्णालीमा पाइने जडिबुटीलाई औषधि विज्ञानमा प्रयोग गर्न सकिने सम्भावनाबारे अनुसन्धान अघि बढाउने योजना रहेको जानकारी दिए।

उनले आफ्नो कार्यकालमा स्थानीय बासिन्दाको साथ र सहकार्य नै सबैभन्दा ठूलो आधार हुने विश्वास व्यक्त गर्दै, म कर्णालीकै छोरा हुँ, यही माटोकै सन्तान हुँ, सबैको हातेमालो पाए परिवर्तन सम्भव छ भने।

Next Post

संसदमा तातेको राजनीति : उपसभामुख राना मगर विवादमा

३ भाद्र २०८२, मंगलवार १८:०२
काठमाडौं — संसदको हावा पछिल्ला केही दिनदेखि अस्वाभाविक रूपमा तातेको छ। सधैंजसो औपचारिकता र विधि–विधानका बहसले भरिने सदनमा अहिले चर्चा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा केन्द्रित छ। के यो विवाद संसदभित्रै समाधान हुन्छ, वा सडकमा प्रतिपक्षको आन्दोलनले अझ ठूलो रुप लिन्छ? राजनीतिक विश्लेषकहरूका अनुसार — “यदि सत्ता–प्रतिपक्षको रस्साकस्सी यसरी […]