एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई

महेश चाैलागाँई १६ कार्तिक २०८२, आईतवार १९:४३

जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ ।
चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो ।
दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ ।

यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् ।

यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे ।

प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।

Next Post

गृहमन्त्रीको राजीनामा माग्दै सुदन गुरुङको चेतावनी– माग सम्बोधन नभए चुनाव हुन दिन्नौँ

१६ कार्तिक २०८२, आईतवार १९:४३
‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गरेका छन्। उनले देशमा अपराधी र भ्रष्टाचारविरुद्ध कार्यवाही नगरी ‘जेनजी’ युवाहरूमाथि मात्र कारबाही गरिएको आरोप लगाएका छन्। गुरुङले सामाजिक सञ्जालमार्फत् ‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ शीर्षकमा लेख्दै गृहमन्त्री अर्यालले तत्काल पद त्याग गर्नुपर्ने माग गरेका हुन्। उनले लेखेका छन्, ‘सहिदको […]