जलवायू परिवर्तनले पारेका असर र आगामी दिनमा गरिने क्रियाकलापका बिषयमा जुम्लाका स्थानिय तह सँग
जलाधार तथा उपजलाधार सम्बन्धि अन्तरक्रिया गोष्ठी गरिएको छ । स्थानीय तहले जलाधारकाक्षेत्रमा गर्ने भावि दिनका क्रियाकलापका बारेमा स्थानीय तह सँग जलाधार तथा उपजलाधार सम्बन्धि अन्तरक्रिया गोष्ठी गरिएको हो ।जिल्ला समन्वय समिति जुम्लाको समन्वय तथा सहकार्य र कर्णाली प्रदेश सरकार उद्योग प्रर्यटन वन तथा वातावरण मन्त्रालय वन निर्देशनालय भु( तथम जलाधार व्यवस्थापन कार्यालय जुम्लाको आयोजनामा कार्यक्रम गरिएको हो कार्यक्रममा भु ( तथा जलाधार कार्यालय जुम्लाले हुम्ला, मुगु, कालिकोट, जुम्ला र डोल्पा जिल्लामा कार्यक्षेत्र बनाएर काम गरि रहेको भु(तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका जलाधार अधिकृत हिमालय साउदले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले पाँच जिल्लाको जल निकासी हुने प्रमुख नदि प्रणाली जलाधारहरूमा आधारित रहेर काम गरि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, जुम्ला जिल्लाका ८ स्थानीय तहका १ नगरपलिका र ७ गाउँपालिकामा जलाधार व्यवस्थापन कार्यालयले काम गरि रहेको बताउनुभयो । जलाधार अधिकृत साउदका अनुसार निर्माण सामाग्रीको मूल्य बृद्विले गर्दा जिल्ला दररेटमा निर्माण सामाग्री नपाईने अबस्थामा रहेको बताउनुभएको छ । उहाँका अनुसार जनआन्दोलन २०६२र६३ पछिको शान्ति पछिको २०४२ सालमा स्थापान भएको बताउनुभयो ।
मुख्य ५ वटा ज को आधारमा रहेर काम गरि,हेको छ । जसमा जल, जमिन, जडिबुटी , जंगल र जनसहभागिता लगाएतको संरक्षणमा जलाधार व्यवस्थापन कार्यालयकोकाम रहेको बताउनुभयो । उहाँलेभन्नुभयो, भु( तथा जलाधार क्षेत्रमा रहेका कामहरूको सहि तरिकाले व्यवस्थापनका बिषयमा जानकारी गराउने कार्यक्रमको उदेश्य रहेको बताउनुभयो । जलाधारले जुम्ला , मुगु,हुम्ला , कालिकोट र डोल्पा जिल्लामा काम गरि रहेको बताउनुभएको छ। अन्तरक्रिया गोष्ठी कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला समन्वय सिमितका प्रमुख गौरीनन्द आचार्यले भु ( तथ जलाधार व्यवस्थापन कार्यालयले गरेको कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो । तर आगामी दिनमा दिनमा काम गर्दा सबै सँग समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार हिजो आज नदि दोहन भएको छ । अब यसलाई रोक्नको लागि सम्बन्धित गाउँपालिकाले नीति बनाएर काम गरेमा नदि दोहोन जस्ता कार्यमा रोक लागणने बताउनुभयो । नदि उत्खनन, डोजर प्रयोग, ढुङ्गा, बालुवा उत्खनन जस्ता कार्यमा रोक लगाउनु पर्ने सुनाउनुभयो ।
आगामी दिनमा सबै गाउँपालिकाले जलाधारका बिषयमा भए गरेका र भाबि दिनमा हुने योजना बनाएर ल्याउन सुझाव दिनुभयो । यस्तै तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले भुक्ष्यलाई हामीले रोक्न नसके पनि यसमा चेतनाका कार्यक्रम गर्न सकिने बताउनुभयो । उहाँका अनुसार भ(तथा जलाधार व्यवस्थापन कार्यालयले स्थानीय तहसँगको समन्वय गर्ने बताउनुभयो हामी प्रमुख प्रशासकीय अधिकृतको तर्फ बाट हरेका योजनामा छनोट जलाधारका क्षेत्रमा काम गर्नु पर्ने बताउनुभएको छ । चन्दननाथ नगरपालिका जुम्लाका उपमेयर रामदेवि खड्काले अरूले अरू लाई भन्दा पनि आफुले के गरे भन्ने बारेमा ध्यान दिनु पर्ने बताउनुभयो । जुम्लाका प्राय ठाउँमा बृक्षरोपणा गर्ने प्रबृत्ति रहेको छ । सबै भन्दा पहिला घेर बार बनाउनु पर्ने सुनाउनुभयो । गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाका अनुसार सबै भन्ला पहिला जरआम नागरिक लाई भ( जलाधार कार्यालय भनेको के हो रु भनेर सिकाउनु पर्ने बताउनुभयो । जुम्ला जिल्ला रहेका जलाधार क्षेत्रो वास्तविक पहिचान गर्नु पर्ने सुनाउनुभयो । जलाधार कार्यालयले सुझाव संकलन भन्दा जुम्लामा रहेका स्थानीय तह सँग सहकार्य गरेर कुन पालिकाले कति बजेट विनियोजन गर्ने, संघ , प्रदेशले कति , के गर्ने भन्ने जानकारी गराउनु पर्ने बताउनुभयो ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले बास्तबिकता पहिचान गरि योजना छनोटमा बजेट विनियोजन गर्नु पर्ने बताउनुभयो । हरृक क्षेत्रमा समन्वय र सहकार्य गर्न तातोपानी गाउँपालिका तत्फर रहेको छ । तथा जलाधार क्षेत्रले समन्वयको भुमिका खेल्नु पर्ने बताउनुभयो । सिंजा गाउँपलिकाका अध्यक्ष पुर्णप्रसाद धितालका अनुसार जलाधार संरक्षणमा सबै पालिकाले कार्यक्रम बनाउनमा लाग्नु पर्ने बताउनुभयो । उहाँका अनुसार जति क्षेती गरेको त्यो भयो अबका दिनमा हुन नदिनको लागि दिगो खालको कार्यक्रम ल्याउनु पर्ने सुनाउनुभयो । हामीले बनाएका संरचना गाई बस्तु हिड्नको लागि असहजिलो भएको छ । अबका दिनमा नदिका छेउछाउमा संरचना बनाउदा ध्यान दिनु पर्नेउहाँको भनाइ छ । कार्यक्रममा जुम्ला जिल्लाका स्थानीय तहका अध्यक्ष , राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय लगाएतको उपस्थिति रहेको थियो ।