तिला गाउँपालिकामा पालिका स्तरीय बाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न ।।

महेश चाैलागाँई १० चैत्र २०८०, शनिबार १७:२७

जुम्लाको तिला गाउँपालिकामा पालिका स्तरीय बाल अधिकार, बाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम भएको छ । वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, किर्डाक नेपाल जुम्लाको साझेदारी र तिला गाउँपालिकाको समन्वयमा बाल अधिकार, बाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धी तालिम भएको हो ।

सहभागीहरूलाई पालिका स्तरमा घटना व्यवस्थापन प्रक्रिया तथा सिफारिस संयन्त्र सम्बन्धी जानकारी गराईएको छ । बाल अधिकार, बाल संरक्षण तथा घटना व्यवस्थापनमा सहयोग पुराउने उद्देश्यले तालीमको आयोजना गरिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ ।

कार्यक्रममा बाल संरक्षण सम्बन्धी राष्ट्रिय स्तरमा बनेका नीति, बालविवाह अन्त्यका लागि बनाएका रणनीति, बाल संरक्षणका लागि स्थानीय तहले गर्नु पर्ने काम, पालिका तथा वडामा गठन हुने बाल अधिकार समितिको गठन प्रक्रिया लगायतका विषयमा सहभागीहरूलाई जानकारी गराईएको तालीमका प्रशिक्षक रेशम बहादुर शाहीले बताउनु भयो ।

उहाँका अनुसार, असल समाज निर्माण गर्न बालबालिकामा लगानि गर्नु पर्नु बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले सबै वडाहरुमा बाल अधिकार समिति गठन गरेर विभिन्न क्रियाकलापहरु संचालन गरिने बताउनु भयो । उहाँका अनुसार, स्थानीय तहले कार्यक्रम गर्दा बालबालिकाहरुको अर्थपूर्ण सहभागिता गराउने बताउनु भएको छ ।

अध्यक्ष रोकायाले बालमैत्री पालिका घोषणा गर्नका लागि गैर सरकारी संस्था र स्थानीय सरकार सँगसँगै जानु पर्नेमा जोड दिनु भएको छ । किर्डाक नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले पालिकामा रहेका बालबालिकाको जन्म दर्ता, मृत्यु दर्ता र बाल बालिकाको हक अधिकारका बारेमा जानकारी गराउनको लागि कार्यक्रम गरिएको बताउनु भयो ।

उहाँका अनुसार बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नु भएको छ । बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री पालिका घोषणा गर्नको लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुनु पर्ने उहाँले बताउनु भएको छ ।

Next Post

हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते उद्धारको पर्खाइमा

१० चैत्र २०८०, शनिबार १७:२७
हुम्लाको अदानचुली गाउँपलिका–४ पाम्स भन्ने ठाउँमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिपमा सवार अन्य पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा वडा नम्बर ५ का ४० वर्षका फागुने लुवार र १२ वर्षका बालक प्रवेश ऐडी रहेको अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले जानकारी दिए। घाइते पाँच जनाको अवस्था […]