सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक

हिमशिखर सम्वाददाता काठमाण्डौ १५ असार २०८१, शनिबार १३:३६

सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ ।

डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन् । अजय रेग्मीको छायाङ्कन र अमृत चापागाईको सम्पादन भिडियोमा छ । सुन्दरको यस अगाडि सुन ठिटा हो , पारी ठुली भिर , उखुमै भयो नी लगायतका दजनौं गीत चर्चामा रहेका थिए ।

‘तातो पानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtube.com/watch?v=lDPKQCciclg%3Fsi%3DDxPi2acZ40xIbmvN

Next Post

गुठिचाैर ४ पालिकाकै पहिलाे बालविवाह मुक्त वडा घाेषणा

१५ असार २०८१, शनिबार १३:३६
गुठिचाैर गाउँपालिका वडा नम्बर ४ लाई बालविवाह मुक्त वडा घोषणा गरिएकाे छ। गाउँपालिकाकै पहिलाे वडाकाे रूपमा बालविवाह मुक्त वडा घाेषणा गरिएकाे हाे । गुठिचाैर गाउँपालिका वडा नम्बर ४ काे आयोजना र गुठिचाैर गाउँपालिका महिला तथा बालबालिका शाखाको समन्वय तथा वल्डभिजन इन्टरनेशनल नेपाल, किर्डाक नेपाल जुम्लाको साझेदारीमा बालविवाह मुक्त वडा घोषणा गरिएकाे […]