प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

महेश चाैलागाँई २९ मंसिर २०७८, बुधबार ०८:५४

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुन भारी मतले निर्वाचित भएका छन्।देउवाले २७३३ मत पाएका छन् भने केन्द्रीय सदस्य डा. शेखर काेइरालाले १८५५ मत ल्याएका छन्।

मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा पुन कांग्रेसको सभापति निर्वािचत भएका हुन्।कांग्रेसको निर्वाचन समितिका अनुसार दोस्रो चरणको निर्वाचनमा ४ हजार ६ सय २३ सय मत खसेको थियो।

१३ औं महाधिवेशनबाट सभापति बनेका देउवा पुनः कांग्रेसको सर्वोच्च पदमा पुग्न सफल भएका हुन्।

Next Post

पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोना-१९ विरुद्धको खोपल गाइने

२९ मंसिर २०७८, बुधबार ०८:५४
पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोना-१९ विरुद्धको खोपल गाइने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले विद्यालयलाई खोप केन्द्र बनाई खाेप लगाउने जानकारी दिए। उनका अनुसार १२ देखि १८ उमेर समूहका सबै बालबालिकाहरूलाई पुस १४ गतेसम्म मोडर्ना खोप लगाउने सरकारको लक्ष्य छ। ‘बालबालिकालाई सहज होस् भनी जिल्लाको उपयुक्त हुने विद्यालयलाई खोप केन्द्र […]